मेन्छियाम हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको कुल ५४ लाख २५ हजार ८३३ कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा संस्थापक समूहको ३७ लाख ९८ हजार २३ कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूहको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसमेत) १६ लाख २७ हजार ७५० कित्ता (३० प्रतिशत) रहेको छ।

कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने व्यवस्था छ। तर, भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आउँदो आइतबारबाट यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

नेप्सेले यो कम्पनीलाई ‘एमसीएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीलाई नेप्सेले प्रतिकित्ता न्यूनतम ७७.४५ रुपैयाँदेखि अधिकतममा २३२.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *