काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब ६ लाख कित्ता सेयर थपिएको छ । नेप्सेमा कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । यो लघुवित्तले ५ लाख ९४ हजार ४६३.२८१६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
गत आर्थिक वर्षका लागि कालिका लघुवित्तले १९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।




