


काठमाडौं । बुधबार नेपाली बजारको सुनको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला छापवाला सुन प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।
मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ।
Artha Sanjal

अर्थ सन्जाल