प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं । जनयुद्धमा बालसैनिक प्रयोग गरेको भन्दै नेकपा माओवादी केन्द्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने आदेशसमेत भएको छ ।

अन्तर्राष्ट्रिय मानवअघिकार कानुनविपरीत बालबालिकालाई सैनिकको रुपमा प्रयोग गरिएको भन्दै लेनिन बिष्टलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सुरुमा दरपीठ भएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासको आदेशपछि जेठ २६ गते शुक्रबार दर्ता भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *