प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने जटिल रोगबाट पीडित सीतालाई सोमबार काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएको हो ।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले सीतालाई उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् । उनले लेखेको छन्, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को जीवनसंगीनी तथा नेकपा (माओवादी केन्द्र) का सल्लाहकार आदरणीय आमा सीता दाहालको नियमित स्वास्थ्य परिक्षणको लागि उहाँलाई थापाथलीमा ल्याईएको छ। सम्माननीय प्रधानमन्त्री ज्युका निजि चिकित्सक प्रा।डा।युवराज शर्मा तथा नर्भिक हस्पिटलका वरिष्ठ डाक्टरहरुले उहाँको स्वास्थ्य परिक्षण गरिरहनु भएको छ। सम्माननीय प्रधानमन्त्री ज्युले पनि आफ्नो नियमित स्वास्थ्य जाँच गराउनु भएको छ।’

यसअघि अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गर्दा पनि उनलाई निको भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *