काठमाडौं । प्युठानमा रहेको स्वर्गद्वारी धाम दर्शन गरेर फर्किएका तीर्थयात्री चढेको जिप दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिँदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म एकीन नभएको प्रहरीले जनाएको छ ।




