सामान्य अंकले बढ्यो नेप्से, ३ अर्बमाथिको कारोबार

काठमाण्डौ । सेयर बजार सोमबार पनि सामान्य अंकले बढेको छ।

यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ७.७९ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १९८७.८७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८३ अंकले बढेर ३७३.३५ को विन्दुमा पुगेको छ। कारोबार रकम पौने ३ अर्ब रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ७४ लाख ५४ हजार ७ कित्ता सेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१६ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १०.७८ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह २.०५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.२५ प्रतिशत, जीवन बीमा समूहमा ०.०८ प्रतिशत, लघुवित्त समूहमा ०.४१ प्रतिशत र अन्य समूहमा ०.०५ प्रतिशतको बढोत्तरी भएको छ।

आज वित्त समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ०.५० प्रतिशतले घट्दा जलविद्युत समूहमा ०.३१ प्रतिशत, लगानी समूहमा ०.०८ प्रतिशत, म्युचुअल फन्डमा ०.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०५ प्रतिशत र व्यापार समूहमा ०.१३ प्रतिशतको गिरावट आएको छ।

आज सोल्टी होटेलको सर्वाधिक १५ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

हिमालयन डिस्टिलरी, शिवश्री हाइड्रोपावर, नागरिक लगानी कोष, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिवम सिमेन्ट, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अपी पावर र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *