युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ नियुक्त

काठमाडौं । नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले सेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।

यससँगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *