


काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ ।
कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश गरी कुल ६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
Artha Sanjal

अर्थ सन्जाल