काठमाडौं। गरिमा विकास बैंकले आजबाट संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ८२ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथामिकता विद्यमान सेयरधनीहरुलाई नै दिनु पर्ने छ। संस्थापक सेयरधनीमा बिक्री नभए मात्र सो सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्नुपर्ने छ।
तसर्थ सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले अबको ३५ दिनभित्र अर्थात यहि असार मसान्तसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
आवेदन बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा पेश गर्नुपर्ने छ। संस्थापक सेयरधनीहरुबाट पर्याप्त आवेदन नपरे सो सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिनेछ।







