यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

एजेन्सी । गर्मीमा सुख्खा र अत्याधिक तातो हावा चल्नुलाई लू भनिन्छ। कडा घाम वा तातो हावामा लामो समयसम्म सम्पर्कमा आएमा यसको जोखिम बढ्छ । शरीरको तापक्रम १०४ फरेनहाइटभन्दा बढी हुँदा लु अर्थात हिट स्ट्रोक भएको मानिन्छ । सामान्यतया शरीरमा नुन पानीको मात्रा कम हुँदा यो समस्या देखिन्छ ।

तातो हावा लुले शरीरको तापक्रम बढाउने, टाउको दुख्ने, पल्स वा श्वासको गति छिटो हुने, छालामा रातो दाना आउने, बारम्बार पिसाब लाग्ने, चक्कर लाग्ने तथा वान्ता हुने जस्ता समस्या देखिन्छन् ।

कसरी बच्ने ?

लुबाट बच्न उत्तम उपाए भनेको दिउँसोको सयमयमा घरबाहिर नहिड्नु नै हो । यसबाहेक हिँडनै पर्दा छाता ओढ्ने र सुतिको कपडा लगाउने गर्नुपर्छ । गर्मीमा शरीर हाइड्रेटेड हुन जरुरी छ । त्यसैले प्रशस्त्र मात्रामा पानी पिउनुपर्छ । बाहिर हिँड्दा पनि पानी बोक्ने गर्नुपर्छ । यसले शरीरमा डिहाइड्रेसन हुन पाउँदैन । त्यस्तै, तातो घाम वा हावाबाट बच्न बाहिर हिँड्दा छाता ओढ्ने गर्नुपर्छ ।

आफूलाई हाइड्रेटेड राख्न र शरीरमा शितलता दिन कागती पानी, नरीवल पानी, फलफूलका जुस जस्ता तरल पदार्थ पिउनुपर्छ । काँक्रोको सेवन गर्नुपर्छ । कागती पानी प्रचुरमात्रामा खानुपर्छ ।   लुले प्रत्यक्ष रूपमा आँखामा पनि असर गर्छ । तातो हावाले आँखा पोल्छ । त्यसैले गर्मीमा हिड्दा सन ग्लासेस लगाउनु पर्छ । अत्यधिक तातोका कारण कहिलेकाहीं व्यक्ति बेहोस भएर ढल्ने अवस्था पनि हुन सक्छ । यस्तो अवस्थामा छिटो अस्पताल पुग्नु पर्छ । यस्तो अवस्थामा व्यक्तिको मृत्युसमेत हुनसक्ने जोखिम हुन्छ ।

‘लु’ बाट बच्न क्याफिनयुक्त कफी र चिया खानु हुँदैन् । यसले शरीरमा थप गर्मी बढाउँछ ।धेरैभन्दा धेरै पानी पिउनुपर्छ । प्याज, पुदिना, सलाद तथा काँचो आँपको चाना बढी खानुपर्छ । यसबाहेक चिसो पानीले नुहाउने, धुम्रपान मद्यपानको सेवन नगर्ने, घाममा धेरै नबस्ने गर्दा पनि यसबाट बच्न सकिन्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *