राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

काठमाडौंं। वित्तीय शिक्षामा जोड दिँदै वित्तीय पहुँच विस्तार गर्ने लक्ष्यसहित फाइनान्सियल लिट्रेसी नेपालको शुभारम्भ गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच राष्ट्रपतिका आर्थिक सल्लाहाकार तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवि नेपालले संस्थाको शुभारम्भ गरेका हुन् ।

नेपालको आर्थिक क्षेत्रलाई सुधार गर्नका लागि प्रयाप्त मात्रामा वित्तीय साक्षरताको खाँचो रहेको विष्लेषणसहित बैंकिङ तथा बीमा र पुँजी बजार क्षेत्रका विज्ञहरुको समूहले फाइनान्सियल लिट्रेसी नेपालको स्थापना गरेको हो ।उक्त संस्थाले देशैभरीका वित्तीय, फाइनान्स, इकोनोमिक पढाउने शिक्षक तथा बैंक वित्तका कर्मचारीहरु तथा वित्तहरुलाई वित्तीय साक्षरता सम्बन्धि स्रोत व्यक्तिको रुपमा प्रशिक्षण दिन सक्नेगरी परिचालन गर्ने लक्ष्य लिएको छ ।

विशेषगरी संस्थाले वित्तीय साक्षरताको तालिम दिन सक्ने ट्रेनरहरु उत्पादन गर्नेछ । नियमनकारी निकाय, आर्थिक संघसंस्थाहरु, नेपाल उद्योग वाणिज्य महासंघ, सरकारी निकायहरु र अन्तर्राष्टिय संघसस्थाको सहकार्यमा संस्थाले कार्यक्रमहरु अघि बढाउने लक्ष्य लिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपालले नेपालमा फाइनान्सियल लिट्रेसी बढ्न नसकेको अवस्थामा माथिल्लो तहदेखि ग्रासरुटसम्म रहेर काम गर्न संस्थालाई आग्रह गरे । उनले फाइनान्सियल लिट्रेसी मान्छेको जीवनको एक पाटो बनेको भन्दै हरेक व्यक्ति, संस्थालाई आवश्यक रहेको बताए । नेपालले फाइनान्सियल लिट्रेसीमार्फत देशको अर्थतन्त्रलाई सहयोग गर्न पनि आग्रह गरे।

कार्यक्रममा संस्थाका अध्यक्ष एवं बैंकिङ विज्ञ भूवन दाहालले ‘वर्तमान आर्थिक अवस्था तथा भावी कार्यदिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै देशमा भ्रष्टाचार नियन्त्रणको खाँचो रहेको बताए ।यस्तै दाहालले आर्थिक विज्ञहरु राजनीतिक क्षेत्रमा सक्रिय हुनुपर्ने बताउँदै प्रधानमन्त्रीको नेतृत्वमा आर्थिक संयन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा पूर्वबैंकर एवं इसेवा प्रा‍लिका अध्यक्ष पशुराम कुँवर क्षेत्री,डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ,नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का निरन्जन फुयाल लगायतले अर्थतन्त्रका चुनौति र कार्यदिशाबारे आआफ्ना भनाई राखेका थिए ।
डा.चिरञ्जीवि नेपाल संरक्षक रहेको संस्थामा भुवन दाहाल अध्यक्ष, निरज गिरी सचिव, श्रीप्रसाद भण्डारी कोषाध्यक्ष र सदस्यहरुमा शिवनाथ पाण्डे, देवेन्द्र गौतम, वर्षा श्रेष्ठ, रेशमराज रेग्मी, रविराज भट्टराई, दिलमान सिंह चन्द, परशु नेपाल र माधव निर्दोष रहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *