काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।







