अर्थ सन्जाल
२३ मंसिर २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२३ मंसिर २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

कसको स्वार्थका लागि काम गर्छन् पूर्व नासु रामकृष्ण श्रेष्ठ ?

'सरकारी सेवाबाट अवकास पाएका श्रेष्ठलाई पुन :अर्थमन्त्रालयमा नियुक्ति गरिनुको पछाडि व्यवसायीक घारानासँग साँठगाँठ देखिन्छ'

  • अर्थ सन्जाल
  • २४ जेष्ठ २०८०, बुधबार ११:३३


काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा जसरी नै आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा पनि अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरिएको विषय बाहिरियो । पूर्व नायव सुब्बा (नासु) रामकृष्ण श्रेष्ठलाई प्रवेश गराएर सीमित घारानालाई फाइदा पुग्नेगरी आर्थिक विधेयकमा करका दर परिवर्तन गरिएको समाचार सोमबार बाहिरिएको थियो ।

करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदमा चर्को आजाव उठाएका प्रतिपक्षी दलहरु अर्थमन्त्री डा. प्रकाशशरण महतको जवाफपछि तैँ चुप, मै चुप भए । सुरुमा संसदीय समिति गठन नगरी मंगलबार सदन नै चल्न नदिने अडान राखेका प्रतिपक्षी दलहरु पछि अर्थमन्त्रीको चित्त बुझ्दो जवाफ भए पुग्ने स्थितिमा झरे । अर्थमन्त्रीले जवाफ दिएपछि थप प्रश्न कसैले गरेनन् भने छानबिन समिति गठको विषय पनि पुनः कसैले उठाएनन् । यसर्थ, सदनमा यो विषय अवतरित भइसकेको छ ।

करको दर हेरफेर प्रकणसँगै यस पटक चर्चामा आएका पत्र हुन्– पूर्व नासु रामकृष्ण श्रेष्ठ । समाचार स्रोतहरुले जनाए अनुसार उनी सीमित घरनालाई लाभ पुग्ने गरी करको दर हेरफेर गर्ने कार्यमा संलग्न थिए । तर अर्थमन्त्री महतको भनाइलाई आधार मान्दा यो आरोप गलत हुन जान्छ । श्रेष्ठमाथि लागेको ती आरोप र अर्थमन्त्रीले दिएका यी स्पष्टीकरणबारे सत्यतथ्य निष्पक्ष छानबिनबाट मात्र सम्भवत थियो ।

दुई वर्ष अघि सरकारी सेवाबाट अवकास पाएका श्रेष्ठलाई २०७९ फागुन १९ को निर्णय अनुसार फागुन २५ देखि लागु हुनेगरी दुईदिन अघि (२३ गते) अर्थमन्त्रालयमा नियुक्ति दिइएको थियो । चालु वर्ष प्रकाशन गर्नुपर्ने परिपत्र संग्रहलाई अध्यावधिक गरी छापाखाना पठाउने, भन्सार राजस्व छुटको प्रभाव अध्ययन गर्न तथ्यांक संकलन तथा विश्लेषण गर्ने, आर्थिक ऐन २०८० को तर्जुमा गर्न प्रारम्भिक मस्यौदा तयार पार्न भन्सार उपसिमितिको सचिवालयमा राय सुझाव संकलनसम्बन्धी कार्य गर्ने, आर्थिक ऐन २०८० बमोजिम महसुल दरबन्दी र एकीकृत भन्सार महसुल दरबन्दी अद्यावधिक गर्न सहयोग गर्ने र वस्तु वर्गीकरण संग्रहलाइृ अद्यावधिक गर्न सहयोग गर्नेलगायत ५ कामका लागि उनी करारमा नियुक्त भएका थिए ।

ललितपुर १३ कुसुन्तीका श्रेष्ठलाई २०८० असारसम्म करार सेवा अवधि कायम रहने गरी मासिक ३४ हजार ७३० रुपैयाँ पारिश्रमिक दिइँदै आइएको खुलेको छ । अर्थमन्त्री महतका अनुसार उनी एक सामान्य कर्मचारी मात्र हुन् । उनले कानुनले तोकेका व्यक्ति बसेर हेरफेर गरेका करका दरलाई ती नै पदाधिकारी र सदस्यको निर्देशन अनुसार ‘इन्ट्री’ गरेका हुन् ।

अर्थमन्त्री महतका अनुसार अनधिकृत व्यक्ति भनिएका पूर्व नासु श्रेष्ठ अनुभवी र इमान्दार कर्मचारी हुन्, जसले ३० वर्षदेखि यही क्षेत्रमा काम गर्दै आएका छन् । उनको निर्णय प्रक्रियामा कुनै संलग्नता छैन ।

त्यस्तै  समाचार स्रोतका अनुसार पूर्व नासु श्रेष्ठ अर्थमन्त्री महतले व्याख्या गरेकाभन्दा फरक छन् । स्रोतका अनुसार उनले पहिल्यैदेखि सीमित घरानाको स्वार्थमा काम गर्ने गर्थे, जसबाट प्रशस्तै आर्थिक लाभ पनि श्रेष्ठले लिने गर्थे ।श्रेष्ठ निकट स्रोतले भन्यो , ‘उहाँ एक अर्बपति हो । तर उहाँ र उहाँको सम्पत्ति अख्तियार र सम्पत्ति सुद्धिकरणले छानबिन गर्यो भने अफ्ठ्यो पर्न सक्छ।’

स्रोतका अनुसार नासु श्रेष्ठले सरकारी सेवामा रहेको समयमा पनि मारवाडी समुदायलाई फाइदा पुग्नेगरी धेरे काम गरेका छन् । ‘उहाँ मारवाडीहरुका लागि जे गर्न पनि पछि नपर्ने मान्छ हो । ठूलो दलाल भन्दा फरक पर्दैन’, स्रोत भन्छ, ‘उहाँमाथि छानबनि गर्यो भने उहिलेदेखि अहिलेसम्मका सबै कुराको पर्दाफास हुन्थ्यो ।’

खासगरी पूर्व नासु श्रेष्ठको शंकर ग्रुप, विशाल ग्रुप र मारवाडीद्वारा सञ्चालित व्यवसायीक घारानासँग साँठगाँठ रहेको स्रोतको भनाइ छ ।

Artha Sanjal
मिती : २४ जेष्ठ २०८०, बुधबार ११:३३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

बैदेशिक रोजगारीका लागि बेलायत जान छानिए ४५ नर्स

जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

ताजा समाचार

  1. जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड
  2. रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
  3. बैदेशिक रोजगारीका लागि बेलायत जान छानिए ४५ नर्स
  4. जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय
  5. २०२४ मा हजार किलोमिटर रेन्ज दिने नेटाकाे नयाँ कार बजारमा आउने, मूल्य पनि घट्ने
  6. यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित
  7. टिकटकमा प्रतिबन्ध लगाएपछि फेसबुक, ट्विटर सम्बद्ध संस्थाले पठायो सञ्चारमन्त्री शर्मालाई पत्र

विजनेश फोकस

२०२४ मा हजार किलोमिटर रेन्ज दिने नेटाकाे नयाँ क...

सेयर खरिदबिक्री गर्न उक्साउने उद्देश्यले सूचना ...

मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट...

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.