अपर लोहरेखोला हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति

अप्पर लोहरेखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड ९सेबोन०ले अप्पर लोहरेखोलालाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक र सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्नेछ।

सेबोनले यो कम्पनीलाई चुक्तापुँजीको ४९ प्रतिशत आईपीओ बिक्री खुला गर्ने अनुमति दिएको छ।

अब कम्पनीले २४ करोड ९८ लाख ४ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

अप्पर लोहरेखोलाको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *