अवसर इक्विटीले हिम पर्वत हाइड्रोपावरमा ३९ करोड लगानी गर्ने

काठमाडौं । नेपाल पहिलो प्राइभेट इक्विटी फन्ड ‘अवसर इक्विटी डाइभर्सिफाई फन्ड’ले हिम पर्वत हाइड्रोपावरको जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।

हाइड्रोपावरको जलविद्युत आयोजनामा लगानी गर्ने विषयमा अवसर इकिवटी र हिम पर्वत हाइड्रोपावरबीच लगानी सम्झौता भएको हो। सम्झौताअनुसार अवसर इक्विटीले हिम पर्वत हाइड्रोपवारले दुईवटा रन अफ रिभरमा आधारित जलविद्युत आयोजना सागुखोला–१ जलविद्युत आयोजना (५.५ मेगावाट) र सागु खोला जलविद्युत आयोजना (२० मेगावाट)मा ३९ करोड ६ लाख रुपैयाँ लगानी गर्नेछ।

यी जलविद्युत आयोजना दोलखा जिल्लामा निर्माणाधीन छन्। यी दुवै जलविद्युत आयोजनाले अनुमानित वार्षिक १४९ गिगावाट प्रतिघन्टा विद्युत उत्पादन गर्ने रहेको छ।

ती दुई आयोजनाबाट उत्पादन हुने विद्युत सिंगटी सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछन्। यी दुवै आयोजनाले २०८१ चैत २९ गतेबाट व्यावसायिक रुपमा विद्युत थाल्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *