


एनएमबि बैंकको ड्राइभरटोल शाखा स्थानान्तरण भएको छ । आमग्राहकबर्गको सुबिधालाइ ध्यानमा राखी पहिलेको ठाउँ देखि करिब २ सय मिटर दक्षिणतर्फ ड्राइभरटोल चोकमा बैंकको शाखा स्थानान्तरण गरिएको हो ।
एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्टले एक विषेश समारोहका बिच कैचिले रिबन काटेर स्थानान्तरित नयाँ शाखा संमुद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रदेश प्रमुख नबिन बिष्टले एनएमबि बैंकको ड्राइभरटोल शाखा सिद्धार्थ राजमार्गको पुर्वपट्टी ड्राइभरटोल चोकमै स्थानान्तरण भएकोमा सो नयाँ ठाँउबाट यस क्षेत्रका एनएमबि बैंकका ग्राहकबर्ग अझै सहज, सरल र छिटोछरितो बित्तीय पहुँचबाट लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एनएमबि बैंकका म्यानेजर शम्भु पराजुली, लुम्बिनी प्रदेशका एरिया म्यानेजरहरु युवराज पाठक एवं मेघराज तिमिल्सिना, क्रेडिट रिस्क म्यानेजर कमल न्यौपाने, अप्रेसन म्यानेजर सुन्दर थापा तथा शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।
एनएमबि बैंक ड्राइभरटोल शाखा प्रबन्धक अमित पौडेलले सबै जनताको पायक पर्ने स्थानबाट बित्तीय पहुँच पुर्याउन एनएमबि बैंक ड्राइभरटोल शाखा ड्राइभरटोल चोक मै स्थानान्तरण गरिएको जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकाको ड्राइभरटोल क्षेत्रका आमजनता, बुबाआमा, दाजुभाइ, दिदिबहिनीहरुलाइ गुणस्तरीय बैकिङ्ग सेवा दिन आफुहरु दत्तचित्त भएर लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। सुरक्षीत रूपमा बचत राख्ने, सरल कर्जा लगायतका सम्पूर्ण आर्थिक कारोबार ढुक्क भएर एनएमबि बैंकबाट गर्न सबैलाई आग्रह गर्नुभयो ।
एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ओमसोतिया सगै १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

अर्थ सन्जाल