सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ढवा गाउँपालिका वडा नं. ६, दाङ्गमा शाखा संचालनमा ल्याएको छ । ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले उक्त शाखा संचालनमा ल्याएको हो ।
गढवा शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यस शाखाको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहज राम अहिरबाट भएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकले यस शाखाको सञ्चालनबाट उक्त क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । हालसम्म साग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०९ पुगेको छ ।