नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ आज

काठमाडौँ । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ ।रिट निवेदन वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दर्ता गराएका थिए ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता रिटमा अघिल्लो संसद्‌बाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कार्य अवैधानिक भएको भन्दै प्रमाणीकरणलाई परमादेशको आदेशबाट बदर गर्न माग गरिएको छ ।

अधिवक्ताद्वयले  विधेयकमा रहेका प्रावधानहरूमा समेत पुनरावलोकन गर्नुपर्ने भन्दै अदालतबाट अन्तरिम आदेश समेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *