‘बचत सुरक्षाको ग्यारेन्टी गर’ भन्दै सहकारी विभाग पुगे सहकारीकर्मी (फोटोफिचर)

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले सहकारी विभाग परिसर शान्तिपूर्ण धर्ना दिएका छन् ।

सहकारी क्षेत्रको सुरक्षा गर्दै सम्पूर्ण सदस्यहरुको बचतको सुरक्षाको लागि सरकार समक्ष पेश गरिएका १३ बुँदे माग पूरा गराउनका लागि दबाब दिन सहकारीकर्मीहरुले विभागको कार्यालय नयाँ बानेश्वरमा शान्तिपूर्ण धर्ना दिएका हुन्।

अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्यालाई समाधान गर्न एवं सहकारी ऐन, २०७४ र नियमावली, २०७५ मा भएका व्यवस्थाहरु यथाशिघ्र कार्यान्वयनका लागि लागि समेत उनीहरुले दबाब दिएका छन् ।

उनीहरुले सन्दर्भ ब्याजदर खारेज गर, बचतको सीमा तोक्ने विधयक खारेज गर,सदस्यहरुको बचत सुरक्षाको ग्यारेन्टी गर लगायत नारासहितको प्लेटकार्ड बोकेर धर्ना दिएका हुन् ।

तस्बिर : सामाजिक सञ्जाल

May be an image of one or more people, people studying, crowd and text

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *