कामना सेवा विकास बैंकका ग्राहकलाई प्रारम्भ ड्राइभिङ स्कुलमा विशेष छुट

काठमाण्डौ । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राइभिङ स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाण्डौको बौद्ध र टुसालस्थित प्रारम्भ ड्राइभिङ स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राइभिङ तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। ड्राइभिङ स्कुलले प्रदान गर्ने ड्राइभिङ तालिमहरुमा बैंकका ग्राहकले १२% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *