सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहर

सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहरिएका छन् । विशेष अदातलले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको छ ।

कर फर्स्योट आयोगमै रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मा, महत र ढकालविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

राजश्व चुहावटमा दोषी ठहर गरिए पनि तीनै जनलाई गैरकानुनी सम्पत्ति आर्जनमा सफाइ मिलेको छ । सजाय तोक्नका लागि जेठ २५ मा पेसी तोकिएको छ । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा १ महिनाभित्र सजाय निर्धारण गर्न पेसी तोक्नुपर्ने व्यवस्थाअनुसार त्यो गरिएको हो ।

सोही मुद्दाका २ अभियुक्तलाई जरिवाना तोकिएको छ भने पाँच अभियुक्तले सफाइ पाएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *