काठमाडौं । सहकारी बचतकर्ता पीडितहरुले आन्दोलनको घोषणा गरेका छन् । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले वीहिवार पत्रकार सम्मेलन गर्दै सहकारीबाट लाखौँ बचतकर्ताको निक्षप जोखिममा रहेको तर सरकारले बेवास्ता गरेको भन्दै बचत सुनिश्चित गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् । पीडित बचतकर्ताहरुले पीडामा सरकारले साथ नदिएको भन्दै बचतकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
बचतकर्ताहरुले पाँच बुँदे माग गरेका छन् । उनीहरुले सहकारीको संचालन,नियमन र नियन्त्रण राष्ट्र बैंकलेनै गर्नुपर्ने,सहकारीको बचत साँवा व्याज अविलम्ब भुक्तानी गर्नुपर्ने,निक्षेप चुक्ता नभएसम्म सहकारी संचालक तथा तिनका नातेदारको सम्पत्ती रोक्का गरी निक्षेप चुक्ता गर्ने व्यवस्था गर्न,सहकारीलाई सुरक्षित बनाएर सञ्चालन गर्ने व्यवस्था गर्न, सहकारीका संचालकहरुलाई सुरक्षा निकायले कडा निगरानीमा राख्न माग गरेका छन् ।




