काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघको राष्ट्रिय परिषद् बैठकले विभिन्न माग राखी आन्दोलनमा जाने निर्णय गरेको हो ।
महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार भदौबाट आन्दोलन गर्ने निर्णय भइसकेको र आन्दोलनका थप कार्यक्रम तथा तिथि-मिति आगामी विस्तारित कार्यालय बैठकले तय गर्नेछ ।
शिक्षा ऐनको माग, नियमावलीको १० औँ संशोधनमा आएका विषयमा महासंघले फरक मत राखेको छ । ‘शिक्षा ऐन जारी हुनुपर्छ । दशौं संशोधनमा भएका प्रावधान राम्रो छैन’, उनले भने ।
शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने माग महासंघले राख्दै आएको छ ।
Facebook Comments Box




