नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर सूचीकृत भएको छ ।साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार पछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘आइजीआई’ सिम्बोलबाट सेयर सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६ कित्ता सेयर सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न संझौता बमोजिमका शर्तहरु पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर सूचीकृत भएको हो ।

सेयर सूचीकृतपश्चात् कम्पनीको कारोबार आइतबारदेखि खुल्नेछ । साविक आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच १ः१ अनुपातमा मर्ज भएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *