एमसीसीको विपक्षमा एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी) संसद्‌मा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा उभिने भएको छ । सोमबार काठमाडौंमा बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसीको समर्थन नगर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेको बैठकले एकीकृत समाजवादी एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको पर्टीका उपमहासचिव तथा प्रवक्ता जनन्नाथ खतिवडाले जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *