काठमाडौं । महोत्तरीमा हतियारधारी समूहले एनएमबि बैंक लुटपाट गरेका छन् । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जना लुटेराहरूले क्यास काउन्टरबाट करिब ३५ लाख लुटेका हुन् । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए ।




