नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइन सम्बन्धी सहकार्यका लागि कसरी सम्पर्क गर्ने?

काठमाडौं । नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ले रेडियो तथा अनलाइन सम्बन्धी सहकार्य गरेको छ ।

‘नेपाली पात्रो’ ले नेपाली रेडियोहरु तथा अन्य डिजिटल मिडियाहरुसँग सहकार्य गर्दै संसारभर छरिएर रहेका नेपालीहरुले आ–आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसँग अपडेट बस्न मिल्ने व्यवस्था समेत गरेको छ ।

विगत १० वर्ष भन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मेडियासँग नजिक रहेका कार्की नेपाली रेडियोलाई डिजिटल प्रबिधिमैत्री बनाउन महत्वपूर्ण भूमिका रहेको छ।

नेपाली पात्रो एप नेपालको पहिलो कम्यूनिटी एप हो । यो एपमा नेपाली तिथीमिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा शुभ साइतको विस्तृत विवरण, दैनिक, साप्ताहिक मासिक तथा वार्षिक राशिफल, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरु, विदेशी विनिमय दर, सुन चादीको दर रेट, मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्श सेवा लगायत अन्य धेरै सुविधाहरु रहेका छन् ।

नेपाली तथा अंग्रेजी भाषासहितको नेपालका महत्वपूर्ण तथा विश्वासिलो अनलाइन समाचार स्रोत आवद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरुलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित रहेको छ । सहकार्यका लागि नेपाली पात्रोको मिडिया म्यानेजर आशिस कार्की लाई सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *