सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो

काठमाडौँ । नेपाली बजारमा  सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ खरिदबिक्री भइरहेको छ। यसअघि हिजो सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *