नेकपा एमालेका सांसद रघुवीर महासेठले पहिलाको र अहिलेकाे नीति तथा कार्यक्रममा आकाशपातलको फरक रहेको बताएका छन् । आफूले पहिलाको केपी ओली नेतृत्व सरकारले ल्याएको नीति तथा कार्यक्रम र अहिलेको सरकाले ल्याएको नीति तथा कार्यक्रमलाई दाँजेर हेर्दा धेरै फरक पाएको बताए ।
बुधबारको प्रतिनिधिसभामा सांसद महासेठले भने, ‘साथीहरुले विगतको र अहिलेको नीति तथा कार्यक्रम उस्तै छन् भन्नुभयो । तर मैले दाँजेर हेर्दा पहिलाको र अहिलेकोमा आकाशपातलको फरक पाएँ’, उनले भने, ‘पहिलाको नीति तथा कार्यक्रम किटानीसहित प्रतिवद्धताहरु थिए । तर यस वर्षको नीति कार्यक्रममा प्रतिवद्धताभन्दा बढी आश्वासन मात्र रहेको छन् ।’
सासद महासेठले सरकारको यो किसिमका नीति तथा कार्यक्रमले देशको आर्थिक तथा भौतिक विकास हुन नसक्ने बताए । उनले जनतालाई आश्वासन भन्दा बढी प्रतिवद्धता चाहिएको बताए ।






