भन्सार छलीका सामान बरामद

नेपालगञ्ज। बाँकेमा प्रहरीले भन्सार छलेर  ल्याएका आठ लाख ४५ हजार बराबरका विभिन्न समान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले फलफूल, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक समान र हार्डवेयरका सामान बरामद गरिएको जानकारी दिए।

ती सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, नेपालगञ्ज पठाइएको उहाँले बताए। नेपालगञ्ज उपमहानगर–१० बाट ती समान बरामद भएको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *