काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स (साविकको प्राइम, युनियन र गुराँस लाइफ) ले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क छुट दिने भएको छ । कम्पनीले विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा जेठ मसान्तसम्ममा पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट प्रदान गर्न लागेको हो ।
हिमालयनले १ वर्ष देखि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा शत प्रतिशत, ३ वर्ष देखि ७ वर्षसम्मको लागि ५० प्रतिशत र ७ वर्ष देखि जतिसुकै अवधिका लागी २५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
विलम्ब शुल्क(ब्याज) छुट बीमा अवधिभरि एक पटक मात्र पाईनेछ । यस सम्बन्धी अन्य जानकारी लिनु परेमा सम्बन्धीत कमपनीको शाखा/उपशाखा तथा अभिकर्तासँग सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल