नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमशुल्कमा छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित भएका बीमालेखहरुको नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले व्यतीत भएका बीमालेखहरु आज जेठ १० गतेदेखि असार २२ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको हो ।

कम्पनीले १८० दिनभन्दा माथि २ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, २ वर्षदेखि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा १० प्रतिशत छुट दिइने जनाएको छ।

यसरी व्यतित बीमालेख पुर्नजागरण गर्दा बीमालेखमा लाग्ने विलम्ब शुल्कमा अधिकतममा ३० हजार रुपैयाँभन्दा बढी छुट नहुने पनि कम्पनीले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *