काठमाडौं । नेपालमा प्रचलित एउटा उखान छ नि ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु’ । यो उखानले भविष्यमा आउने सम्भावित संकटको लागि हामीले पहिले नै कसरी पूर्व तयारी गर्ने ? भन्ने कुरालाई प्रतिविम्बित गर्दछ ।
वास्तवमा मानव जीवन अनिश्चित छ । हरेक कदममा अप्ठ्यारा र चुनौतीहरु सामना गर्नुपर्ने हुन्छ । मान्छे कहिल्यै पनि निर्धक्क र ढुक्क हुन सक्दैन । कतिबेला के संकट आइलाग्छ थाहा नै हुन्न ।
त्यसैले पनि भविष्यमा हुन सक्ने संकटलाई अगाडि नै तयारी गर्नुपर्छ । हो यही कुरालाई मनन गरेर समयमै थोरै भएपनि बचत गर्न सकियो भने आपतमा ठूलो काम दिन्छ । यहि बचत गर्ने बानीको विकास गर्न भन्दै नबिल बैंकले ‘नबिल ढुक्क बचत खाता’ सञ्चालनमा ल्याएको छ । नबिल बैंकले साना उद्यमी, रिटायर्ड भएर बसेका व्यक्ति, जागिर तथा व्यवसाय गरिरहेका व्यक्ति लगायत हरेक ग्राहकलाई लक्षित गर्दै उक्त खाता सञ्चालनमा ल्याएको हो । उक्त खाताले ग्राहकलाई आकर्षक सुविधासहित ढुक्क बनाउँछ ।
उक्त खाता खोल्ने ग्राहकले आकर्षक ब्याजसहित ३ प्रकारका बीमा सुविधा प्राप्त गर्नेछन् । जसका सुविधाहरु यसप्रकार छन् :
बीमामा विशेष सुविधा
‘नबिल ढुक्क बचत खाता’ खोल्दा बचतकर्ताले विशेष बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यसमा ग्राहकले ३ खालका बीमा सुविधा प्राप्त गर्नेछन् । जसमा प्राणघातक रोगको बीमा, दुर्घटना बीमा र औषधोपचार बीमा छन् ।
औषधोपचार बीमा बापत एक लाख रुपैयाँसम्म प्राप्त गर्न सकिनेछ । यसमा ओपिडी सेवा वापत २० हजार रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ भने अस्पताल भर्ना भएमा ८० हजार रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ । औषधोपचार बीमाको अर्को एउटा प्रमुख विशेषता भनेको प्रत्येक वर्ष एक लाखको सीमा भित्र रहेर सुविधा प्राप्त गर्नु हो। भनेको मतलब यदि तपाईले नबिल ढुक्क खाता खोल्नु भएको छ भने बहिरंग रोग अर्थात् ओपिडीको हकमा प्रत्येक वर्ष २० हजार प्राप्त गर्न सकिनेछ । यदि खाता खोलेको व्यक्तिलाई अस्पताल भर्ना नै गर्नुपर्ने अवस्था छ भने ८० हजार रुपैयाँसम्म पाउन सकिन्छ । यसरी एक वर्षमा १ लाखसम्मको उपचार खर्चको भरपुर फाइदा उठाउन सकिनेछ ।
यदि कोही व्यक्तिले नबिल ढुक्क बचत खाता खोलेको छ र सो व्यक्तिलाई प्राणघातक रोग लाग्यो भने यस्तो अवस्थामा बैंकले एकमुष्ट ३ लाख रुपैयाँ उपलब्ध गराउँछ । यदि ग्राहकको मृत्यु भयो भने थप ७५ हजार प्राप्त गर्नेछन् । अर्थात् ३ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो लिनको लागि पनि ग्राहकले कुनै झन्झट व्यहोर्नु पर्दैन । डाक्टरले लेखेको प्रेस्किप्सनको आधारमा सजिलै एकमुष्ट ३ लाख रुपैयाँ ग्राहकले प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ । नबिलले विभिन्न १३ वटा प्राणघातक रोगमा बीमा प्रदान गर्दै आइरहेको छ । यसै बीमा सुबिधा मार्फत नबिल बैंकका ग्राहककोे मृत्यु भएमा पनि मृतकको परिवारले ७५ हजार रुपैयाँ काजकिरिया खर्च प्राप्त गर्नेछन् । यसका लागि नोमिनिले बैंकमा मृत्यु भएको जानकारी गराउनुपर्ने हुन्छ । यसको लागि भने १६ देखि ६४ वर्षको उमेरको उमेरहद तोकिएको छ ।
दुर्घटना बीमा बापत १० लाख रुपैयाँ दाबी गर्न पाउनेछन् । यसमा कुनैपनि ग्राहकको दुर्घटनामा परेर अंगभंग अथवा मृत्यु भएमा १० लाख रुपैयाँ बैंकले उपलब्ध गराउनेछ ।
उल्लेखित यी सबै सुविधालाई एकपटक मध्यनजर गर्ने हो भने तपाईले नबिल बैंकमा खाता खोल्दा अनेकौं सुविधा प्राप्त गर्न सक्नुहुन्छ । जसले मानव जीवनमा आउने अनिश्चिततालाई समेत ढुक्क र निर्धक्क पारेको हुन्छ ।
उच्च ब्याजदर प्राप्त गर्न सकिने
‘नबिल ढुक्क बचत खाता’ मा बैंकका ग्राहकले सबैभन्दा उच्च ब्याजदर प्राप्त गर्न सक्नेछन् । तपाईले यस्तो बचत खाता खोल्नु भएको छ भने बैंकले प्रदान गर्ने सबैभन्दा धेरै ब्याज प्राप्त गर्न सक्नुहुनेछ । जस्तो अहिले बैंकले साधारण खातामा ५.४ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ । ढुक्क बचत खातामा भने ग्राहकले ७.४ प्रतिशत ब्याजदर प्राप्त गर्न सक्नेछन् ।
ब्याजदर घटे पनि बढे पनि यो खातामा जहिले पनि उच्चतम ब्याजदर प्राप्त गर्न सक्नेछन् । त्यो हुँदा पनि यो खाता ढुक्क छ ।
निःशुल्क सेवा
अहिले जमाना यस्तो भइसक्यो निस्शुल्क केही नै पाइँदैन । तर नबिल बैंकले भने ढुक्क बचत खातामर्फत ग्राहकलाई विभिन्न सेवाहरु नि:शुल्क प्रदान गर्दै आइरहेको छ । त्यो पनि जीवनभर, अनि भएन त ढुक्क , हो नबिल बैंकले नबिल ढुक्क बचत खातामार्फत डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जीवनभर नि:शुल्क सेवा प्रदान गरेको छ ।जसले गर्दा ग्राहकले भरपुर फाइदा प्राप्त गर्न सक्नेछन् ।
खासमा बैंकिङ सेवामा सबैभन्दा धेरै प्रयोग हुने भनेकै यिनै कुरा हुन् । अन्य खातामा प्रत्येक ४ वर्षमा डेबिट कार्डको २ हजार र क्रेडिट कार्डको ५ हजार रुपैयाँ सेवाशुल्क बुझाउनुपर्ने बैंकले जनाएको छ ।
डेबिट कार्ड (एटिएम) बाट पैसा निकाल्दा जुन बैंकको कार्ड छ सोही बैंकबाट मात्र निशुल्क सेवा प्राप्त गर्न सकिने व्यवस्था छ । तर ढुक्क बचतमा खाता भएको ग्राहकले भने जुनसुकै बैंकको एटिएमबाट महिनामा ५ पटकसम्म नि:शुल्क पैसा निकाल्न सक्नेछन् ।
यसो हुँदा पैसा निकाल्न बैंककै एटिएम धाउनुपर्ने बाध्यता समेत दुर हुन्छ । यसो भनिरहँदा तपाईलाई जुनसुकै बैंकको एटिएममा पनि अन्य बैंकको एटिएमबाट पैसा निकाल्न सकिन्छ नि भन्ने लाग्न सक्छ । हो सकिन्छ, तर नि:शुल्क होइन अन्तरबैंक एटिएमबाट पैसा निकाल्दा प्रत्येक कारोबारमा १५ रुपैयाँ शुल्क तिर्नुपर्छ । नबिल ढुक्क बचत खातामा भने जुनसुकै बैंकको एटिएम मेसिनबाट महिनाको पाँच पटकसम्म निस्शुल्क पैसा निकाल्न सकिने बैंकले जनाएको छ ।
यसको अलावा डिम्याट तथा मेरो सेयरको सुविधा पनि एक वर्षका लागि नि:शुल्क पाउन सकिने छ ।
मोबाइलबाटै लोन लिन सकिने
नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ । नबिल फोनलोनमार्फत अत्यावश्यक पर्दा कुनै कागजबिना नै तुरुन्तै २ लाखसम्मको कर्जा पाइने बैंकले जनाएको छ ।
नेपालमै पहिलो पटक फोनबाटै लोन दिने सुविधा नबिल बैंकले सुरु गरेको हो । सो सेवामा केही मिनेटमै ‘भर्चुअल क्रेडिट कार्ड मार्फत् ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । बिनाधितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने उक्त सुविधा भएकै कारण पनि नबिल बैंकमा ढुक्कले खाता खोल्न बैंकले आग्रह गरेको छ ।
यति पढीसकेपछी तपाईलाई लाग्न सक्छ यो खाता कसरी खोल्न सकिन्छ ? नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहकले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ । ग्राहकले एक लाख रुपैयाँ बचत गर्दा अनलिमिटेड र भरपुर सेवा प्राप्त गर्न सक्नेछन् ।
तपाईको एक लाख बचतमै रहन्छ । त्यो पनि उच्चतम ब्याजदरसहित । तर त्यसबापत पाउने सुविधालाई हेर्ने हो भने अन्य धेरै कुरामा हुने खर्चहरु ढुक्कले बचत हुन्छ । यदि बचत गर्ने सोचमा हुनहुन्छ भने नबिल ढुक्क बचत खाता खोलेर भरपुर फाइदा लिन उपयुक्त हुन सक्छ ।
अर्थ सन्जाल