राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो । त्यसअघि नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए ।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको बनेको बताए । उनले प्रतिपक्षमा रहेका र सत्तापक्षमा रहेकाको न्यूनतम साझा कार्यक्रमको धरातलमा उभिएर नीति तथा कार्यक्रम बनेकाले यसको अति विरोध र अति समर्थन आवश्यक नभएको बताएका थिए ।
Artha Sanjal
अर्थ सन्जाल