सेयर बजार अपडेट: दुई घन्टामा ४६.०६ अंकको उछाल

साताको तेस्रो दिन कारोबार खुलेको दुइ घन्टाको अवधिमा सेयर बजारमा मंगलबार उछाल आएको छ। कारोबार खुलेको दुई घन्टामा यो समाचार तयार पार्दासम्म  नेप्से ४६.०६ अंकले बढेर १९३७.३८ को विन्दुमा उक्लिएको छ।  एक अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.९४ अंकले बढेर ३६६.६३ को विन्दुमा पुगेको छ। कारोबार रकम १ अर्ब ४ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

यतिबेलासम्म २१६ वटा कम्पनीको सेयरभाउ उकालो लागेको छ भने एउटा कम्पनीको मात्र सेयरमूल्य ओरालो लागेको छ। उच्च कारोबार भएको कम्पनीमा नेपाल टेलिकम रहेको छ। यो कम्पनीको ५ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *