राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उत्ताउलोपन देखिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै यस्तो बताएका हुन् ।
सत्ता पक्षले दृढ समर्थन र प्रतिपक्षले विरोध गर्नैपर्ने अभ्यास देखिएको भन्दै रास्वपा भने रचनात्मक प्रतिपक्षले भएको बताए । ‘हामी रचनात्मक प्रतिपक्षको भूमिका उभिएका छौं । त्यसैले हामी भन्छौं–यो परम्परा धान्न ल्याइएको हो । र परम्परा धानिएको पनि छ’, उनले भने, ‘नविनता, उर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिका कसीमा हामी अझ राम्रो गर्न सक्यौं होला । तर विगत १० वर्षदेखिको म पनि प्रत्यक्ष परोक्ष रुपमा राज्यप्रणालीमा सामेल भएको हिसाबले नीति तथा कार्ययक्रम यस्तै–यस्तै नै हो ।’
त्यसैले यसमा खासै उत्ताउलोपन देखाउनु आवश्यकता नरहेको बताए । उनले बहस गर्दा कन्टेन्मा गएर सार्थक बहस गर्न पनि सबैमा आग्रह गरे ।
अर्थ सन्जाल