फौजदारी बिद्येयक संसदमा टेबुल भएपछि नागरिक उन्मुक्तिको नेपाल बन्द आजैबाट फिर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आजबाट गर्ने भनिएको नेपाल बन्दको घोषणा फिर्ता लिएको छ ।  लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फौजदारी बिद्येयक संसदमा टेबुल भएको भन्दै उन्मुक्तिले यसअघि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फैजदारी बिद्येयक संसदमा टेबुल भईसकेकाले राजबन्दीको रिहाई कानुन संसोधन गरेर निकाल्ने प्रतिबद्धता संसदमा जाहेर गरेको भन्दै सरकारसँगको सम्झौता सकारात्मक भएकोले बन्दको घोषणा फिर्ता लिएको बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारी दिए ।

रेशम चौधरीलाई १४ बर्ष जेल सजाय गर्ने उच्च अदालतको फैसालालाई सर्वोच्च अदालतले पनि सदर गरे पछि आक्रोशित उन्मुक्तिले ६–९ जेठसम्म नेपाल बन्दको घोषणा गरेको थियो  ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *