मर्जर प्रस्ताव पारित गर्न प्रभु लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको १४१ औं बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा आगामी जेठ २६ गते काठमाडौंको लैनचौर ब्यांक्वेटमा दिउँसो ११ बजे सुरु हुनेछ ।

कम्पनीको सभाले प्रभु लाइफ र महालक्ष्मी लाइफबीचको मर्जर प्रक्रिया पारित गर्नेछ। मर्जरपश्चात कम्पनकिो नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ रहने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

दुवै सभाले बराबरी हैसियत अर्थात १ः१ सेयर स्वाप रेसियोमा गाभिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। मर्जर प्रयोजनका लागि हालसम्म गरिएका सम्पूर्ण सम्झौतालगायत कार्यहरु पनि सभाले स्वीकृत गर्नेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ९.८ प्रतिशत बोनस सेयर र ०.५१५८ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्ने छ ।

यस्तै सभाले बोनस सेयर वितरण पश्चात कायम हुने जारी पुँजी तथा चुक्ता पुँजी बराबर जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा सोही अनुसार प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

इन्स्योरेन्सले सभामा भाग लिन तथा सेयर लाभांश प्रयोजनको लागि जेठ १२ गते शुक्रबार बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार जेठ ११ गतेसम्म मात्र सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *