वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल कुमार अग्रवाल पटवारी निर्वाचित भएका छन् । निर्वाचनबाट प्रथम उपाध्यक्षमा हरि प्रसाद गौतम र द्वितीय उपाध्यक्षमा माधव राजपाल चयन भएका छन् । महासचिवमा आशिष कुमार लाठ, कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार, सचिवमा सुशान्त चाचान र प्रेमचन्द्र गोयल चयन भएका छन् ।
मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म पदाधिकारी पदको मनोनयन दर्ताको समय राखिएको थियो । पदाधिकारीको नामावली प्रकाशन दिउँसो २:३० बजे र दाबी विरोधको समय २:४५ बजेसम्म तोकिएको थियो । तोकिएको समयभित्रमा एक जना उपाध्यक्ष पदमा मात्र दुईजनाले मनोनयन दर्ता गराएका थिए ।
निर्वाचनबाट आउने सबै पदाधिकारी निर्विरोध चयन भएको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।







