काठमाडौं । एनआईसी एशिया बैंकको खाता खल्ती डिजिटल वालेटमा लिंक गर्दा विभिन्न पुरस्कार प्राप्त गर्न सकिनेछ । खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’अन्तर्गत थुप्रै करोडौँको अफरहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
जसमा एनआईसी एशिया बैंकका ग्राहकले आफ्नो बैंक खाता खल्तीमा लिंक गरी हरेक राउण्डमा जुनसुकै २ भुक्तानी पूरा गरी पल्सर एन १६० बाइक जित्ने मौका मिल्नेछ ।
त्यसैगरी २ जना लक्की विजेताले आईफोन १४, एक जना लक्की विजेताले वानप्लस ११ मोबाइल, प्रयोगकर्ताले हरेक हप्ता स्मार्ट टिभी र हरेक नयाँ उपहार जित्न सकिनेछ ।
२ महिने अफर जेठ १ गतेदेखि असार ३१ सम्म लागु हुनेछ। यस अफरलाई राउन्ड १, राउन्ड २, राउन्ड ३ र राउन्ड ४ गरी चार राउण्डमा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल्सर एन १६० को लक्की ड्रको लागि योग्य हुनेछन् । हरेक राउन्डको अन्त्यमा एक बिजेता घोषणा हुनेछ। चार राउन्डहरूमा योग्य हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि पनि योग्य हुनेछन् र बोनस राउण्डको पल्सर एन १६० जित्न सहभागी हुनेछन् ।
अर्थ सन्जाल