नेपाल लाईफले घटायो बीमालेख कर्जाकाे ब्याजदर

काठमाडौं । नेपाल लाईफ इन्स्याेरेन्सले बीमालेख धिताे कर्जाकाे ब्याजदर घटाएको छ । इन्स्योरेन्सले जेठ २ गतेदेखि लागु हुनेगरी बीमालेख धिताेकाे ब्याज १ प्रतिशत बिन्दुले घटाएकाे हो । अब बीमालेख धिताेकाे ब्याज १० प्रतिशत कायम भएको छ ।

नेपाल लाईफले वार्षिक १० प्रतिशत रहेकाे कर्जाकाे ब्याजदर गत वर्ष कात्तिक महिनादेखि १२ प्रतिशत पुर्याएकाे थियो । जीवन बीमा अभिकर्ताहरुकाे दबाबपछि घटाएर पुस ६ गतेदेखि ११ प्रतिशत कायम गरेकाे थियाे ।

नेपाल लाईफले बीमालेख धिताे कर्जाकाे ब्याजवापत मनग्ये आम्दानी गरिरहेकाे छ। कम्पनीले चालू आर्थिक वर्ष २०७९।८० काे चैत्र मसान्तसम्ममा बीमितलाई २९ अर्ब ५६ कराेड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेकाे छ। याे रकम गत आव २०७८।७९ काे चैत्र मसान्तकाे तुलनामा १ अर्ब ६७ कराेड रुपैयाँ बढी हाे । कम्पनीले चालू आवकाे तेश्राे त्रैमाससम्ममा मात्र बीमितबाट ब्याजवापत १ अर्ब ३७ कराेड ८७ लाख रुपैयाँ असुली गरेकाे छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *