माछापुच्छ्रे र हिमालयन बैंकको लगानीमा देशकै ठूलो सौर्य विद्युत् परियोजना बन्दै

काठमाडौं । माछापुच्छ्रे बैंक र हिमालयन बैंकको लगानीमा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना बन्ने भएको छ । झापाको शिवसताक्षी नगरपालिका-४ मा झापा इजर्नीले निर्माण गरिरहेको सो परियोजनाको कूल लागत ७९ करोड रुपैयाँ रहनेछ ।

सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ र हिमालयन बैंक (साविकको सिभिल बैंक)ले २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड रुपैयाँ सेयरदाताहरूबाट लगानी छ ।

सो परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब ७ किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिए । उनले साढे ३ वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड-१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताए ।

इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ । उनले परियोजना निर्माणमा ४० करोड रुपैयाँ लगानी भइसकेको बताए ।

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *