अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

राज्यविरुद्धको अपराध मुद्दाको तयारी गर्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

  • अर्थ सन्जाल
  • ४ जेष्ठ २०८०, बिहीबार ०९:११


जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शरणार्थीका नाममा ठगी धन्दामा संलग्न अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउने गरी तयारी गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १ को दफा ५१ प्रतिकूल हुने गतिविधिमा संलग्न रहेकाले उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा पनि मुद्दा चल्ने सरकारी वकिल कार्यालयको निष्कर्ष छ । प्रहरीले अहिले संगठित अपराध र ठगी कसुरअन्तर्गत म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइरहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १ को दफा ५१ को उपदफा १ मा राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु बन्देज गरिएको छ । सोही दफाको उपदफा २ (क)मा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने कार्य राज्यविरुद्धको अपराध हुन् ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दा संगठित अपराध र ठगी कसुर मात्र नभई राज्यविरुद्धको पनि अपराध रहेको सरकारी वकिल कार्यालयको निष्कर्ष छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ अभियुक्तविरुद्धको बयान चलिरहेको छ । उनीहरूविरुद्ध अनुसन्धान जारी छ । हालसम्मको बयान तथा प्राप्त प्रमाण सरसर्ती हेर्दा उनीहरूले राज्यविरुद्धकोे अपराध पनि गरेजस्तो देखिन्छ । त्यसैले उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउने गरी तयारी गर्न प्रहरीलाई भनेका छौँ,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने ।

यो ठगी प्रकरणमा एक सय ६ पीडितका २० वटा उजुरी प्रहरीमा दर्ता छ । आफूहरूबाट २३ करोड २५ लाख रकम असुल गरिएको जाहेरीमा उल्लेख छ । राज्यविरुद्धको कसुरमा प्रमाणित भए पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । कसुर गर्दा बखत रकम लेनदेन गरेको प्रमाणित भए सबै रकम राज्यले जफत गर्नेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Artha Sanjal
मिती : ४ जेष्ठ २०८०, बिहीबार ०९:११ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.