


अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणबारे बाहिरिएको पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवाको अडियो झुटो सावित हुने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रकरणबारे बाहिरिएको आरजुको अडियो झुटो भएको आफूहरूको विश्वास रहेको उनले बताए ।
उक्त अडियोलाई प्रमाणित गर्न राणाले नै प्रहरीमा उजुरी दिइसकेको उनले उल्लेख गरे । ‘उहाँ (आरजु राणा)को केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । ट्रायल गरेर दोषी हो भनेर भन्न भएन,” उनले भने, “यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भनेर विश्वास छ ।”
Artha Sanjal

अर्थ सन्जाल