काठमाडौं । कुमारी बैंककाे ८६ हजार ७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शशी कार्कीको नाममा रहेको उक्त सेयर बिक्री गर्ने भएको हो ।
उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले उक्त सेयर खरिद नगरेमा सर्बसाधारणको लागी बिक्री खुला गर्ने बैंकले जनाएको छ ।
सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले जेठ २ गते देखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय टंगालमा वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।
Artha Sanjal






