अर्थ सन्जाल
२० मंसिर २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२० मंसिर २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

दश महिनामा जम्मा ३ खर्ब ७१ अर्ब राजस्व संकलन

  • अर्थ सन्जाल
  • १ जेष्ठ २०८०, सोमबार १८:४३


आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको दश महिना अर्थात बैशाख मसान्तसम्म ३ खर्ब ७१ अर्ब ५९ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा उक्त राजस्व ९८ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा विभागले ३ खर्ब ७८ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आवको बैशाख महिनामा मात्रै विभागले ३४ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले बैशाख मसान्तसम्म आयकर शीर्षकबाट एक अर्ब ५९ करोड ५ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, घरहाल कर शीर्षकबाट दुई अर्ब १६ करोड ७५ लाख, ब्याजबाट ३० अर्ब २८ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।

त्यस्तै, यस अवधिमा भ्याटबाट ८८ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ, अन्तशुल्क शीर्षकबाट ८४ अर्ब ११ करोड ८४ लाख रुपैयाँ, स्वास्थ्य सेवाबाट ५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ र शिक्षा शीर्षकबाट एक अर्ब ५० करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

विभागले चालु आवको बैशाख महिनामा ३४ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त राजस्व गत आवको सोही महिनाको तुलनामा ९७ प्रतिशतले कम हो । जबकी गत आवको सोही अवधिमा विभागले ३५ अर्ब ६६ करोड ४५ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आवको बैशाख महिनामा विभागले आयकर शीर्षकबाट ८ अर्ब ८३ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै यस अवधिमा घरबहाल करबाट एक अर्ब ९७ करोड एक लाख रुपैयाँ, ब्याजबाट पाँच अर्ब ६ करोड ७८ लाख रुपैयाँ र भ्याटबाट ९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

 

Artha Sanjal
मिती : १ जेष्ठ २०८०, सोमबार १८:४३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

रमेश कर्प र बोन्जोय ट्राभल बीच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छः अध्यक्ष मल्ल

ताजा समाचार

  1. रमेश कर्प र बोन्जोय ट्राभल बीच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी
  2. नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद
  3. टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा
  4. आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छः अध्यक्ष मल्ल
  5. विप्लवलाई पक्राउ पुर्जीविरुद्ध काठमाडौंमा मसाल जुलुस
  6. नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा
  7. एनसेल प्रकरण : नियामकलाई किन जानकारी भएन ? के सेयर खरिद–बिक्री विद्यमान विधि र प्रक्रियाभित्र छ ?

विजनेश फोकस

बैंकका सीईओभन्दा आधा कम तलब भत्ता बुझ्छन् गभर्न...

कामना सेवा विकास बैंकको साधारणसभा पुस १७ मा

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.