कृषि विकास बैंक सहित दुई कम्पनीकाे बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कृषि विकास बैंक, साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा कृषि विकास बैंकको २ प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत, बोनस सेयर सूचीकृत भएको छ। उक्त बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३.१५ कित्ता, साल्ट ट्रेडिङ कर्पोरेसनको २ लाख ५३ हजार ५१३.१९ कित्ता, सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *