कुमारी बैंकका ग्राहकलाई क्वालिटी सोलुसनमा विशेष छुट

कुमारी बैंक लिमिटेडका ग्राहकले क्वालिटी सोलुसन प्रालिमा विशेष छुट पाउने भएका छन्।

कुमारी बैंक र क्वालिटी सोलुसनबाट छुटसम्बन्धी सम्झौता भएको हो। योसँग अब कुमारी बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डबाहकले क्वालिटी सोलुसनबाट विभिन्न क्षमताका उपकरण खरिद गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्।

अहिलेको वर्तमान परिपेक्षमा आफ्ना ग्राहकलाई यस्ता विद्युतीय उपकरणहरु खरिद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले कुमारी बैंकले यो सम्झौता गरेको हो।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६२ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *