नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ ।
सोमबार सरकारी वकिलको कार्यालयमा लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको हो । सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीलाई भनेको छ ।
बुधबार पक्राउ परेका खाँणमाथि आइतबार मात्रै ४ दिन म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल